भाषा

यात्रा गर्दा प्रयोग हुने २६ जापानी वाक्यांशहरू

जापानमा हुनुहुन्छ र घुमघाम गर्नमा रुची राख्नुहुन्छ भने यात्राका क्रममा प्रयोगमा आउने यि वाक्याशंहरु तपाईलाई काम लाग्न सक्छन् । त्यसैगरि हवाई यात्राका क्रममा एयरपोर्टमा प्रयोगमा आउने वाक्याशंहरु समेत समावेश छन् । जापानमा हुनुहुन्न र जापानी भाषा सिक्दै हुनुहुन्छ भने पनि यो तपाईलाई काम लाग्ने जानकारी हो । जापानी भाषासंग सम्बन्धित यस्तै अन्य धेरै जानकारीहरु यहाँ क्लिक गरेर पनि पढ्न सक्नुहुनेछ । हेर्नुहोस्, यात्राका क्रममा प्रयोगमा आउने जापानी भाषाका वाक्यांशहरु

1. 切符はどこで買えますか? (किप्पु वा दोको दे खाएमास्का ?) – म कहाँ टिकट खरीद गर्न सक्छु?

2. 先にチケットを買わなければなりませんか? (साकी नि चिकेत्तो वो खावानाकेरेबा नारीमासेनका) -के पहिला टिकट खरीद गर्न आवश्यक छ?

3. 大阪まではいくらですか? (ओसाकामादे वा इकुरा देस्का ?) – ओसाका सम्म कति हो ?

4. 片道ですか、往復ですか? (खातामिची देस्का , ओउफुकु देस्का ?) – जाने मात्रै हो कि आउने जाने हो ?

5. 東京まで一枚お願いします。 (तोउक्योउ मादे इचिमाई ओनेगाइसिमास ) – टोक्यो सम्मको लागि एउटा टिकट दिनुहोस् ।

6. 子供の割引はありますか? (कोदोमो नो वारीबिकी वा आरीमास्का ?) – बच्चाको लागि केही छुट छ ?

7. どのくらいかかりますか? (दोनो क़ुराइ खाकारीमास्का ?) – कति समय लाग्छ ?

8. 福島に行くバスがありますか? (फुकुसिमा नि इकु बासु गा आरीमास्का ?) – फुकुसिमा जाने बस छ ?

9. 始発(しはつ)のバスは何時ですか? (सिहाचु नो बासु वा नान्जी देस्का ?) – पहिलो बस कति बजेको छ?

10. 最終のバスは何時ですか? (साइस्यु नो बासु वा नान्जी देस्का ?) – अन्तिम बस कति बजेको छ?

11. 次のバスは何時ですか? (चुगी नो बासु वा नान्जी देस्का ?) – अर्को बस कति बजेको छ ?

12. 成田空港(なりたくうこう)に行くのはどの電車に乗らなければならないですか? (नारीता कुउकोउ नी इकु नो वा दोनो देन्स्या नी नोरानाकेरेबा नारानाइ देस्का ?) – नारिता एयरपोर्ट जानका लागि कुन ट्रेन चढ्नुपर्छ ?

13. 電車はいつ来ますか? (देन्स्या वा इचु किमास्का ?) – ट्रेन कति बजे आउँछ ?

14. どの駅で乗り換えなければならないですか? (दोनो एकी दे नोरीखाएनाकेरेबा नारानाइ देस्का ?) – कुन ट्रेन स्टेशनमा गएर ट्रेन परिवर्तन गर्नुपर्छ ?

15. タクシーを呼んでもらいますか? (ताकुसी वो योन्दे मोराइमास्का ?) – हजुरले ट्याक्सी बोलाइदिन सक्नुहुन्छ ?

16. これは東京駅に停まりますか? (कोरेवा तोउक्योउएकी नी तोमारीमास्का ?) – यो ट्रेन टोक्यो स्टेशनमा रोक्छ ?

17. 空港へ行きます。 (कुउकोउ ए इकिमास) – म एयरपोर्ट जान्छु ।

18. チェックインは何時からできますか? (चेक्कुइन वा नान्जी कारा देकीमास्का ?) – होटल भित्र पस्ने समय कति बजे हो ?

19. いつ搭乗(とうじょう)できますか? (इचु तोउज्योउ देकिमास्का ?) – म बोर्डिङ गर्न कति बजे सक्छु ?

20. 搭乗口(とうじょうぐち)はどこですか? (तोउज्योउगुची वा दोको देस्का?) – बोर्डिङ गर्ने ढोका कता छ ?

21. 窓際(まどぎわ)の席をお願いします。 (मादोगिवा नो सेकी वो ओनेगाइसिमास) – झ्याल तिरको सिट लिन चाहान्छु ।

22. 定時(ていじ)に到着(とうちゃく)しますか? (तेइजी नि तोउच्याकुसिमास्का ?) – के तपाई समयमा आउन सक्नुहुन्छ ?

23. いつ到着しますか? (इचु तोउच्याकुसिमास्का ?) – कहिले आइ पुग्नुहुन्छ ?

24. 酔い止め薬をもらえますか? (योइतोमेयाकु वो मोराएमास्का ?) – के तपाई मलाई गाडीमा चढ्दा वान्ता नलाग्ने औषधी दिन सक्नुहुन्छ ?

25. 私のスーツケースがまだ出てきていません。 (वातासीनो सुचुकेसु गा मादा देते किते इमासेन) – मेरो सुट्केस अझै निस्केको छैन ।

26. スーツケースを受け取る場所はどこですか? (सुचुकेसु वो उकेतोरु बास्यो वा दोको देस्का ?) – सुट्केस लिने ठाँउ कहाँ छ ?

जापानी व्याकरण,उच्चारण , वाक्यांश , खान्जी र शबदको बारेमा अथवा केही सुझाव दिन चाहानुहुन्छ भने हाम्रो फेसबुक पेज Nepali Jisyoमा इन्बक्स गर्नुहोला। हजुरहरुलाई जापानी भाषा अथवा जापानमा बिधार्थी जिवनको बारेमा बुझ्न परेमा njisyo@gmail.com मा मेल गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *