जानकारी, भाषा

यसो गर्नुस्, छिट्टै सिकिन्छ जापानी भाषा

अरुको भाषा सिक्नु आफैमा सजिलो काम होइन । आफ्नै मातृभाषाका त धेरै शब्द, तिनको अर्थ र उच्चारण प्रष्टसंग गर्न कठिन हुन्छ भने जन्मेको २–३ दशकपछि जापानी भाषा पढ्नु र सिक्नु आफैमा एउटा चुनौती हो । तर डराइहाल्नुपर्ने खालको चुनौती भने हैन है ।

जापानमा विभिन्न भिषामा नेपालीहरु आउनुहुन्छ, विद्यार्थी, कामदार, प्रशिक्षार्थी कामदार, डिपेन्डेन्ट र अन्य । भाषा विद्यार्थीका रुपमा जापान आउँदा आइसकेपछि नियमित भाषा नै पढ्नुपर्ने भएकाले जापानी भाषा सिक्ने काम अरुलाई भन्दा सहज हुन्छ, अन्य भिषामा आउने मध्ये धेरैका लागि भने जापानी भाषा ‘फलामको चिउरा’ सावित भैदिन्छ । यो तपाई हामीमध्ये धेरैले भोगेको सत्य हो ।

जापानी भाषा सिक्न र जान्नका लागि व्यक्तिपिच्छे फरक-फरक तरिका हुन सक्छन् । कतिले घोकेरै सिक्छन्, कसैले सुनेर, कसैले हेरेर त कसैले पढेर । आउनुस्, जापानी भाषा छिटो सिक्नका लागि के गर्न सकिन्छ, त्यसतर्फ लागौं ।

आफ्नो लक्ष्य तय गर्नुस्
तपाई जापानीज भाषा नियमित कक्षामा जानुहोस् या आफै अध्ययन गर्नुहोस् यसले कुनै फरक पार्दैन , हजुरको आफ्नो इच्छा अनुसार कति समयसम्म कुन लेबल(Level) मा पुग्न चाहानुहुन्छ यसले फरक पार्छ ।
यसका लागि हजुरहरुले आफ्नो लक्ष्य तय गरि जापानी भाषा प्रवीणता परिक्षण अर्थात JLPT दिन सक्नुहुनेछ । यो परिक्षा N5,N4,N3,N2,N1 गरि बिभाजन गरिएको छ । यदि हजुरहरु जापानी भाषा सुरु गर्दै हुनुहुन्छ भने N5 बाट सुरु गर्दा राम्रो हुन्छ । सिक्ने क्रममा एक दिनमा यति शव्द वा वाक्य जसरी पनि सिक्छु, यति बर्षमा यो लेभलसम्म जसरी पनि जान्छु भन्ने निक्र्यौल गर्नुहोस् र सोही लक्ष्यमा हिड्नुहोस् ।

मोवाइल एप्लिकेशन तथा वेवसाइटहरुको भरपूर प्रयोग गर्नुहोस्
हामी सबैसँग सधै आफ्नो स्मार्टफोन हुन्छ । स्मार्टफोनमा जापानी शब्द पढ्न , काना (Kana) र खान्जी(Kanji) अभ्यास गर्न र पोडकास्ट (Podcasts) सुन्न धेरैथरी एपहरु पाइन्छन्, ति डाउनलोड गर्नहोस् । । जापानी भाषा सिक्नका लागि विभिन्न अनलाइन कोर्सहरु, युटुव भिडियोहरुको सहयोग लिन पनि सक्नुहुन्छ । यसरी मोवाइलको प्रयोगले रेल यात्रा, फुर्सदको समयमा पनि केही न केही सिक्न सकिन्छ । यस्को लागि समय मिलाई तालिका बनाई दिन–दिनै व्याकरण,जापानी शब्दहरु अभ्यास गर्दा राम्रो हुन्छ । यसको साथ साथै समीक्षा गर्नु पनि महत्वपूर्ण छ , यदि यसलाई हेलचक्रिया गरियो भने हजुरको मेहनत खेरा जान्छ ।

जापानी संस्कृतिमा घुलमिल हुनुस्, जापानी साथी बनाउनुस्
यदि व्यक्तिगत चासो भयो भने कुनै पनि कुरा सिक्न गार्हो हुदैन । जापानी संस्कृति जस्तै चिया समारोह जापानी सुलेखन जस्तै परम्परागत कला को बारेमा पढ्नु , जापानी एनिमे (Anime) वा मान्गा(Manga) जस्तै आधुनिक पक्षहरू बारे प्रसस्त ज्ञान बटुले पछि यसमा प्रयोग गर्ने उदाहरण , वाक्य , शब्द अध्ययन गर्ने प्रयास गर्नुहोस। यदि तपाईको जापानीज साथीहरु हुनुहुन्छ भने जापानी परम्परागत आधुनिक संस्कृतिमा प्रयोग भएको शब्दहरु उनीहरुसँग प्रयोग गर्नुहोस् । यस्तो बिषयहरुमा चासो राखी जापानीज साथीहरुसँग सुरुमा बोल्नै पर्छ भन्ने छैन , हजुरहरुले यस्ता बिषयका कुराकानी सुनेर मात्रै धेरै कुरा सिक्न सक्नुहुनेछ ।

टेलिभिजन कार्यक्रम तथा जापानी फिल्महरु हेर्ने गर्नुहोस्
टिभीमा दैनिकजसो आउने कार्यक्रमहरु हेर्दा तिनमा वोलिएका शव्द, हाउभाउ र शैली सिक्न सजिलो हुन्छ । यो कुरा बच्चाहरुको हकमा अझ प्रभावकारी हुन्छ । जापानी भाषामा बनेका चलचित्रहरु हेर्दा पनि बोलीचालीको भाषा छिटो सिक्न सकिन्छ ।

तपाईले जापानीज भाषा सिक्न जुनसुकै तरिका छनोट गर्नुहोस् तर सधै धैर्य गर्नुहोस् र सधै मनमा राख्नुहोस् अभ्यासले सधै सिद्ध बनाउँछ । विश्वास राख्नुस् तपाई पनि “फलामे चिउरा” सजिलै चपाउन सक्नुहुन्छ ।

यहाँ उल्लेखित बाहेक पनि धेरै तरिकाहरुको प्रयोग गरेर पनि जापानी भाषा सिक्न सकिन्छ । तपाईले प्रयोग गर्नेगरेको तरिका अरु साथीलाई पनि काम लाग्छ कि ? कमेन्टमा लेख्नुस् न है । यो जानकारी लाभदायक लागेमा सेयर गरेर साथीहरुलाई पनि सूचित गराउन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *