जानकारी

जापानमा अध्ययन गर्न जानुभन्दा अगाडी जानिराख्नुपर्ने मुख्य दश कुराहरु |

 

के तपाईं जापानी संस्कृतिलाई माया गर्नुहुन्छ? के तपाईं जापानमा गएर अध्ययन गर्न तयार हुनुहुन्छ?तपाईंले समर क्याम्प वा कुनै सेमिस्टर गर्नु भन्दा अगाडि जापानी संस्कृतिको बारेमा जान्नु पर्ने केहि कुराहरु यसप्रकार रहेका छन् |

कहिले पनि ढिलो नहुनु |

समयनिष्ठा जापानी संस्कृतिको जग हो | यदि केहि कुरा आठ बजे सुरु हुने तालिका बनेको छ भने तपाईं सात पैंचालिसमा नै त्याहाँ उपस्थित हुनुपर्नेछ | तपाईंले सार्वजनिक यातायातमा मानिसहरु सधै अर्को गन्तव्यमा पुग्न भागदौड गरिरहेको देख्न सक्नुहुन्छ | ढिलो गर्ने बानीलाई जापानीहरुले स्विकार गर्दैनन् । मानिसहरु थम्पस् अप नियम प्रयोग गर्छन् जसको अर्थ सधै अपेछित भन्दा अगाडि पुग्नु हो र आफ्नो अलार्मको सेटिङलाई समयभन्दा नै छिटो हुने बनाएमा समयमा पुग्न सकिन्छ |

आफूले लगाएको जुत्ता लगाउन र फुकाल्न सधै तयार हुनुपर्छ |

जब तपाईं कसैको निजी स्थान जस्तै पारिवारिक घर वा विधालयको कक्षाकोठा जस्ता ठाउहरुमा प्रवेश गर्नुहुन्छ तब आफूले लगाएको जुत्ता फुकाल्न नबिर्सनुहोला | आफुसँग सधै एकजोर मोजा साथमा राख्नुहोस | खालीखुट्टा जान मनाही हुनेछ | धेरै जस्तो ठाउको अगाडि भागमा जुत्ता राख्नको लागी लबी छेत्र जुत्ता राख्ने र्याग राखिएको हुन्छ | यदि तपाइ पाहुनाको रुपमा जानुभएको छ भने घरमा बस्दा लगाउने चप्पल आफूलेनै लानुपर्नेछ | घरभित्र लगाउने चप्पल बाहिर लगाउन पाइदैन |

 

सफा र सुग्घर

जापानको बारेमा थाहापाउनु भएको कुराहरु मध्य सफासुग्घर पनि एक हो | यहाँका हरेक चिज जस्तै मानिसहरु,घरहरु,बाटो,गल्ली सबै निकै सफा र सुग्घर हुन्छन् |
फोहोरमैलाहरु फाल्ने ठाउ कम मात्रामा भेटिन्छन् | सबै कुराहरु दैनिक रुपमा सफा गरिन्छ र भित्तामा चित्रहरु कोर्ने कुरासंग उनीहरु सम्झौता गर्दैनन् | उनिहरु व्यवहारिक रुपमा एकदम सफा रहन्छन् | तपाइले कुनै पनि सार्वजनिक फोहोर फाल्ने भाडाँ वा ठाउँ देख्नु हुदैन किनकी त्यस्ता चिजहरु सार्वजनिक रुपमा राखिदैनन् | यदि तपाईले पिउनु भएको पानीको बोतल अथवा प्लयास्टिकहरु फाल्ने ठाँउ भेटाउनु भएन भने आफ्नो गोजीमा अथवा झोलामा राखेर, आफ्नो घरमा नै लगेर निस्कासन गर्नुपर्छ | जापानमा रहदा कुनै किसिमको फोहोर गर्न मनाही छ भन्ने कुरालाईं ध्यानमा राख्नुपर्छ | जापानीहरु सरसफाईंलाईं आफ्नो राष्ट्रको गौरव ठान्दछन् र कसैले फोहोर गरेमा यसलाईं अशिष्ट र अविबेकी मानिन्छ |

तसर्थ सार्वजनिक ठाउहरुलाईं पनि उनिहरु निकै सफा राख्छन् | तल दिइएका केहि उदाहरणहरुले जापानीहरुको व्यत्तिगत सरसफाइको बारेमा प्रस्ट पार्दछ |

  • जापानका मानिसहरु दैनिक रुपमा नुहाउने गर्छन् | कहिलेकाही उनिहरु दिनको एकपटक भन्दा बढि नुहाउछन् | आफ्नो सरसफाइको बारेमा सबै सधै सतर्क रहनु पर्छ र डिउडोरेन्टको प्रयोग गरेर दैनिक नुहाउनु पर्दछ |
  • प्राय सबै रेस्टुरेन्टहरुमा ओसिलो तौलियाहरु दिइन्छ | जापानका मानिसहरु वाथरुमको प्रयोग पछि मात्र नभएर प्राय नियमित रुपमा दिनभरिनै आफ्नो हात धोइरहन्छन् |
  • उनिहरु आफ्नो खाली समयमा प्राय नुहाउने हात धुने नै गर्दछन् |
  • त्यहाँका मानिसहरुले स्वच्छ फेस मास्क प्रयोग गरेको पाइन्छ जसको प्रयोगले किटाणुहरु टाढा रहन्छन् भन्ने विश्वास गरिन्छ |
  • धेरै ठाउहरुमा पैसा बुझाउन र लिन एउटा विशेष ट्रे को प्रयोग गरेको पाइन्छ जसबाट एक अर्कासँग हात मिलाउन नपर्ने र किटाणुहरु एक अर्कामा सर्न नपाउने हुन्छ |

सबै कुराहरु साना हुन्छन् |

जापान एक पहाडी टापु हो र यहाँका ठाउहरुको विमा किस्ता गरिएको हुन्छ | त्यसैले यहाँका जग्गाहरु मुल्यवान हुन्छन् र सिधै सरसफाइसँग सम्बन्धित हुन्छन् | यहाँका शहरहरु मानिसले भरिएको हुन्छ र प्रयोग नभएका जग्गाहरु कम मात्रा मा हुन्छ | जापानी घरहरु अमेरिकाको तुलनामा साना हुन्छन् र कोठाहरु साना र नजिक नजिक भएको पाइन्छ | सार्वजनिक ठाउहरु पनि चाहिने भन्दा साना भएको देख्न सकिन्छ | ट्रेन र बसहरु प्राय भिडभाड नै देखिन्छ र अरुलाइ धकल्दै भित्र पस्नु पर्ने हुन्छ |

उनिहरु ठूलो आशा राख्दछन् |

जापानिज बालवालिका हरु सानो उमेर देखि नै ठूलो आशा राख्ने स्वभावका हुन्छन् | चाहे शैक्षिक क्षेत्रमा होस् या खेलकुदमा , उनिहरु आफ्ना विश्वास प्रति नियतिवादि हुन्छन् | यसको अर्थ गल्ती गर्नेलाई कुनै स्थान दिइदैन र दोस्रो अवसर पनि दिइदैन | जापानीहरु छिटो निर्णय गर्छन् | यो यस्तो राष्ट्र हो जहाँ पहिलो छाप राम्रो राख्न सकियो भने मात्र अवसर पाउन सकिन्छ |

यो कुरा बुझ्नुहोस कि तपाई पूर्ण रुपमा सिद्द हुन नसकेर आफ्ना हरेक आशाहरु पुरा गर्न नसकेपनि आफुले सक्दो प्रयास गर्नुपर्छ |

जापानीहरु सल्लाह सुझाव दिन मन पराउछन् | उनीहरु अरुले गरेको गल्तीलाई सुधार्नु आफ्नो कर्तव्य ठान्दछन् | उनीहरु व्यतिगत भन्दा पनि समुहिक कामलाई प्राथमिकता दिन्छन् | अरुले तपाईको उपस्थिती ,दर्जा र क्षमताको टिप्पणी गरोस् भन्ने आशा राख्नुपर्छ | यसको अर्थ यो होइन कि उनीहरुले तपाईलाई अस्वीकार गर्छन् वा तपाईमा कुनै गुण छैन वा तपाई अरुभन्दा कम हुनुहुन्छ | यो नै जापनीहरुले तपाई प्रति देखाएको माया र हेरविचार गर्ने तरिका हो |

व्यवहार ,व्यवहार,व्यवहार

जापानीहरु भद्र र नम्र तरिकाले बोल्छन् | यहाँ बालबालिकालाई सानै उमेरदेखि नै आदर गर्न सिकाइन्छ र उच्च स्तरलाई समर्थन दिइन्छ | तल व्यवहार र आचरणका केहि उदाहरण दिइएको छ |

  • जापानका मानिसहरु एक अर्कालाइ भेट्दा शिर झुकाएर आदर गर्छन् | उनिहरु ब्यक्तीको दर्जा,स्तर र अवस्था अनुसारको शिर झुकाउछन् | साथीलाई तिस डिग्रीको ,हजुरबुवा वा आमालाई सत्तरी डिग्रीको झुकाव गरिन्छ भने पर्यटकलाई हल्का रुपमा झुकाइन्छ | जापनीको उदाहरण अनुसार नै शिर झुकाउनु उपयुक्त हुन्छ |
  • तपाइले कसैलाई गरेको आदरलाई सम्झौता मानिन्छ | अमेरिकनहरु पारस्परिक अन्तर क्रियालाई संयोगको रुपमा लिने गर्छन् जुन जापनीको तुलनामा फरक हुन्छ | उनीहरु आदर गर्दा नामको पछाडि “सान” ” जस्ता प्रत्ययहरु लगाउछन् भने सामान्यतया बालबालिकाहरुलाईनाम ले नै बोलाउँछन् । तर आफु भन्दा सानो उमेरका केटिहरुलाई ‘च्यान’ र केटाहरुलाइ ‘कुन’ प्रत्यय लगाउन सक्नुहुन्छ |
  • आफुलाई व्यतिगत रुपमा ध्यान दिन पाइनेछैन | सार्वजनिक ठाउहरुमा सिगान फाल्ने,हिड्ने बेला खानेकुरा खाने र भिडभाड ठाउहरु जस्तै बस ट्रेनहरुमा मोवाइलमा कुरा गर्न मान्य हुदैन |
  • ‘गोमेननासाइ’ र ‘आरिगातोउ गोजाइमास’ जस्ता शब्दहरुको प्रयोग गर्ने बानी बसाल्नु पर्छ जस्को अर्थ मलाई माफ गरिदिनुहोस र धन्यवाद भन्ने हुन्छ | सबैलाई आदर गर्नु ,कसैलाई अपमान नगर्नु वा अपमान गरेमा आफ्नो गल्ती स्वीकारेर माफ माग्नु नै उचित मानिन्छ | मुस्कान दिनु र नम्र स्वभावमा कुरा गर्नु नै राम्रो मानिन्छ |

जापानीहरु तपाइलाई अँग्रेजीमा नै आदर गर्छन |

तपाइले जापानी भाषा जानेको प्रमाणित नभएसम्म प्राय मानिसहरु अँग्रेजीमा नै कुरा गर्छन् | जबसम्म भाषा जान्नुहुदैन तबसम्म निकै गाह्रो हुनेछ | आफ्नो मातृभाषामा जवाफ दिन सजिलो हुन्छ जब सबै जना मातृभाषाको प्रयोग गर्छन तर जहिले पनि प्रतिकृया दिदा जापानीमा दिनुपर्छ र आफ्नो जापानी भाषामा केहि सुधार भएको महसुस गराउनु पर्छ | उनिहरु तपाइको भाषाको सुधारप्रति उत्साहित हुन्छन् र तपाइको मिहिनेतलाई प्रशंसा गर्छन् |

शिष्टचार रुपमा खानु |

जापान जानु अघि खाना खादा चप स्टिकको प्रयोग गर्न सिक्नु पर्दछ | जापानमा हरेक किसिमको खाना खानको लागि चप स्टिक को प्रयोग गरिन्छ | जापानी भोजनमा भात  र थरिथरीका साहयक भोजनहरुसँग आधारित हुन्छ | जापानी खानाहरु साना साना प्लेटमा राखेर दिइन्छ | यहाँको शैली पश्चिमेली शैली भन्दा फरक हुन्छ जहाँ टेबलको बिचमा पकवान राखिएको हुन्छ र हरेक व्यतिले आफै राखेर खाने गर्छन् र आठ देखी दश थरिका खाना एउटै भाडामा राखेर खानु सामान्य मानिन्छ |

खाना फाल्नुलाई जापानमा अशिष्ट मानिन्छ | यदि तपाइलाई भोक लागेको छैन भने आफुले सक्ने तरिकाले खाना लिनु पर्छ | जापानका धेरै रेस्टुरेन्ट र घरहरुमा पश्चिमेली शैलीका टेवल र कुर्सीहरु सुसज्जित गरिएको पाइन्छ | तसर्थ परम्परागत जापानी होचो टेबल र कुशनहरु पनि देख्न सकिन्छ | परालबाट बनेको ,सजिलै फोहोर हुने र सफा गर्नपनि गाह्रोहुने तातामी गुन्द्री सामान्य रुपमा पाइन्छ | तसर्थ तातामीको भुइमा पाइला टेक्नु भन्दा अगाडि जुत्ता फुकाल्नु पर्ने हुन्छ | तातामी कोठामा खाना खादा भुइमा ठिक तरिका ले बसेर खानु नै सामान्य मानिन्छ | खाना खाने बेला गोडा टेकेर बस्नु दुवै केटा वा केटीलाई शिष्ट मानिन्छ |

तपाइहरुलाई जानकारी नै होला कि जापानीहरु आवज निकालेर खान्छन् | खाना खाने बेला आवज निकाल्न मान्य हुन्छ | वास्तवमा ‘रामेन्’ जस्ता तातो खाना खादा आवज निकालेमा तपाई आनन्द लिइराख्नु भएको छ भन्ने मानिन्छ |

तपाईहरु व्यस्त हुनुहुनेछ , खाली समयको आशा नगरे पनि हुन्छ |

जापानमा फुर्सद मिल्छ भन्ने कुरा नसोचे पनि हुन्छ |जापानीहरु आरम गर्दैनन् | उनिहरु आफ्ना खाली समयलाई अमेरिका र क्यानडामा जस्तो प्राथमिकता दिदैनन् | सप्तहरातमा चलन अनुसार उनिहरु खाना खाने समय बाहेक अरु कुनै योजना बनाउदैनन् | सप्तहान्तमा उनिहरु आफ्ना थोरै समय टि भी हेर्न र आफ्ना प्रिय र नजिकका साथीसँग बाहिर जानमा बिताउँछन् | कुनै सानो कार्यक्रम जस्तै भाषा शिविर वा लामो कार्यक्रम जस्तै वैदेशिक सेमिनार भएको सन्दर्भमा तपाई सबै समय व्यस्त रहनुहुन्छ | खाली समयमा यस्ता कार्यक्रमहरुमा उपस्थित हुने आशा राख्नुपर्छ | तपाईको धेरै जसो दिनहरु विधालय , भ्रमण ,लामो यात्रा र पार्ट टाइम जबमा नै बित्नेछ | यसको लागि अगाडि नै मानसिक रुपमा तयारि गर्नुपर्छ किनभने यस्तो कठोरता र थकानबाट तपाई प्रेरित हुनसक्नु हुन्छ , तर एक पटक यो सोच्नुहोस कि आफ्नो घर वा कोठामा हुदा तपाई आरम गर्न सक्नुहुन्छ |

अन्तरक्रिया

जापानका मानिसहरु आफ्ना ध्यानलाई व्यतिगत भन्दा समुहमा महत्व दिन्छन् | अमेरिका एक व्यक्तिपरक राष्ट्र हो र पारस्परिक अन्तरक्रिया सन्दर्भमा यो नै भिन्नता छ जसको कारण अमेरिकामा झगडा हुने सम्भावना हुन्छ |जापानीहरु समुह माथि व्यतिगत विचारले नै आफ्नो जीवनको बाटो र कार्यको हुकुम दिन्छन् | उनिहरु जहिले पनि समुहमा काम गर्नुलाई नै प्राथमिकता दिन्छन् | उदाहरणको लागि जब कर्मचारिहरु विदामा जान्छन् उनीहरु सहकर्मीहरुलाई आफ्नो अनुपस्थितिमा काम समालेर सहयोग गरेकोमा सानो उपहार सहित धन्यवाद दिन्छन् |

‘सेभिङ्ग फेस ‘ निकै महत्वपूर्ण छ र यसले धेरै कार्यको आदेश दिन्छ | जापानमा लजाउने र आफ्नो क्षमता देखाउन नचाहाने जस्ता व्यवहारलाई टाढा राखिन्छ र टाढा रहन प्रेरित गरिन्छ |’本音’  ‘होन्ने’ र ‘建前’ ‘तातेमाए’ जापानी शब्दहरु हुन् जसले मानिसको वास्तविक भावना र बाहिरी इच्छा र व्यवहार बिच भिन्नताको वर्णन गर्छ | उनिहरु आफुले सोचेका कुरालाई प्रत्यक्ष रुपमा कसैसँग छलफल गर्दैनन् जसले गर्दा कहिलेकाही चुनौतिपूर्ण हुन्छ |

यदि तपाइले गरेको प्रश्नको उत्तर ठिक हो जस्तो लागेन भने उनिहरु प्रत्यक्ष रुपमा आपत्तिजनक प्रतिक्रिया देखाउदैनन् | ‘थम्ब’ उठाउने नियम भनेको जतिसक्दो नम्र र विचारशील हुनु हो र यो कुरा मान्नु कि उनीहरु सबै भन्दा राम्रा हुन्छन् किनकी उनीहरु गरेर पनि देखाउछन् |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *