は、も पार्टिकल र か को प्रयोग
नामलाई नामसँग जोड्नको लागि पार्टिकल प्रयोग गरिन्छ ।
は ( वा ) पार्टिकल
जापानी हिरागाना ‘は’ को वास्तविक उच्चारण ‘हा ‘ हो तर यसलाई संयोजकको रुपमा प्रयोग गर्दा ‘वा’ उच्चारण गरिन्छ । यस पार्टिकलले वाकयको मुख्य प्रसंगलाई संकेत गर्दछ ।
उदाहरण
नाम(क ) は नाम( ख ) です。
ラマさんは学生です。(रामुसान वा गाकुसेइ देस् ।)
राम बिधार्थी हो ।
माथिको वाक्यमा は ले ラム लाई संकेत गरेको छ ।
も (मो) पार्टिकल
यस पार्टिकलले ‘ पनि ‘ को काम गर्देछ । यस पार्टिकलले पनि मुख्य प्रसंगलाई संकेत गर्दछ ।
उदाहारण
ハリさんも学生です。(हारीसान मो गाकुसेइ देस् )
हरि पनि बिधार्थी हो ।
か को प्रयोग
जापानी भाषामा प्रश्न सोध्दा अन्तिममा ‘ か ‘ प्रयोग गरिन्छ ।
जस्तै प्रश्न : ラムさんは誰ですか?( रामुसान वा दारे देस्का ? ) राम को हो ?
उत्तर: ラマさんは学生です。(रामुसान वा गाकुसेइ देस् ।) राम बिधार्थी हो ।
は、も र か प्रयोग गरि बनाइएको उदाहरण
प्रश्न : ラムさんは誰ですか?( रामुसान वा दारे देस्का ? ) राम को हो ?
उत्तर: ラマさんは学生です。(रामुसान वा गाकुसेइ देस् ।) राम बिधार्थी हो ।
प्रश्न: ハリさんも学生ですか?(हारीसान मो गाकुसेइ देस्का ? ) हरि पनि बिधार्थी हो?
उत्तर:はい、ハリさんも学生です。(हाइ, हारीसान मो गाकुसेइ देस् ) हो, हरि पनि बिधार्थी हो ।