भाषा

जापानमा होटलमा बस्दा काम लाग्ने वाक्याशंहरु

जापानमा हुनुहुन्छ र फुर्सदको समयमा घुमघाम गर्न रुची राख्नुहुन्छ भने घुमघामको समयमा प्रयोग हुने जापानी भाषाका केही वाक्याशंहरुका बारेमा हामीले केही समय पहिले यो ब्लगमा लेखेका थियौ । लामो समय वा केही दिनका लागि बाहिर घुम्न वा अन्य कामले जाँदा होटलमा बस्नुपर्ने हुनसक्छ । सो समयमा प्रयोग हुने केही वाक्याशंका उदाहरणहरु आज प्रस्तुत गर्दैछौं । जापानी भाषा सिकीरहनुभएको छ वा नेपालदेखि घुम्नका लागि जापान आउँदै हुनुहुन्छ भने तपाईका लागि यो उपयोगी जानकारी हुनसक्छ ।

1. おすすめのホテルを教えてください。 (ओसुसुमे नो होतेरु वो ओसिएत्ते कुदासाइ ) – कृपया कुनै राम्रो होटल देखाई दिनुहोस् ।

2. 予約してあります。 (योयाकु सिते आरिमास ) – मैले बुकिङ गरेको छु ।

3. 空いてる部屋ありますか? (आइतेरु हेया आरीमास्का ?) – ख़ाली कोठा छ ?

4. 部屋を最初に見てもいいですか? (हेया वो साइस्यो नि मिते मो इइ देस्का ?) – के म पहिला कोठा हेर्नसक्छु ?

5. 私は3泊滞在する。 (वातासी वा सान पाकु ताइजाइसुरु ) – म ३ रात बस्छु ।

6. ホテルにインタ一ネットサ一ビスはありますか? (होतेरु नि इन्तानेत्तो साबिसु वा आरिमास्का ?) – होटलमा इन्टरनेटको सुबिधा छ?

7. 朝食は含まれていますか? (च्योउस्योकु वा फुकुमारेते इमास्का ?) – के बिहानको खाजा समावेश छ?

8. 朝食は何時からですか? (च्योउस्योकु वा नान्जी कारा देस्का ?) – बिहानको खाजा कति बजेबाट हो ?

9. 6時に起こしてください。 (रोकु जी नि ओकोसिते कुदासाइ ) – मलाई बिहान ६ बजे उठाई दिनुहोस् ।

10. 枕をお願いします。 (माकुरा वो ओनेगाइसिमास) – कृपया सिरानी दिनुहोस् ।

11. 私の部屋、ロックがかかってしまいました。 (वातासी नो हेया,रोक्कु गा खाकात्ते सिमाइमासिता) – मेरो कोठा बन्द भयो ।

12. エアコンがうまく動きません。 (एआकोन गा उमाकु उगोकिमासेन ) – एर कोन्डिस्नर राम्रोसँग चलेको छैन ।

13. チェックアウトは何時ですか? (च्यक्कुआउतो वा नान्जी देस्का?) – होटलबाट निस्कनु पर्ने समय कति बजे हो ?

14. ここに私の鞄を置いといてもらいますか? (कोको नि वातासी नो खाबान वो ओइतोइते मोराइमास्का ?) – के म यहाँ मेरो झोला राख्नसक्छु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *