जानकारी

‘जाइर्यु कार्ड’बारे थाहा पाउनुपर्ने महत्वपूर्ण १० कुरा

जुलाई ९, २०१२ देखि जापानमा नयाँ बसोबास व्यवस्थापन प्रणाली लागू भएपछि मध्य र लामो समय बसोबास अनुमती पाएका सबै विदेशीहरुलाई रेसिडेन्स कार्ड(जापानी भाषामा जाइर्यु कार्ड भनिन्छ) उपलव्ध गराउन थालिएको हो जसमा फोटो, नाम, राष्ट्रियता, लिंग, बसोबास अवधी र स्थितीका साथै काम गर्न पाउने अवधी लगायतका जानकारीहरु प्रिन्ट गरिएको हुन्छ । तपाइ पनि जापानमा बस्दै हुनुहुन्छ र यो कार्ड बोक्नुभएको छ भने यहाँ लेखिएका सबै कुरा तपाइलाई काम लाग्ने जानकारीहरु हुन । यि बाहेक थप केही उपयोगी जानकारीहरु तपाइलाई थाहा छ भने कमेन्टमा लेख्न पनि सक्नुहुनेछ । यहाँ लेखिएका सबै प्रश्नोत्तरहरु जापानको अध्यागमन ब्यूरोको वेवसाइटमा उपलव्ध गराएको जानकारीका आधारमा लेखिएका हुन ।
१. जाइर्यु कार्ड भाँचिएमा, हराएमा वा चोरी भएमा के गर्ने ?
-यदि तपाइले बोकिरहेको कार्ड हरायो वा भाँचियो भने १४ दिनभित्रै नजिकैको इमिग्रेशन ब्यूरोमा नयाँ कार्ड प्राप्तिका लागि आवेदन दिनुपर्ने हुन्छ, त्यो भन्दा पहिले नै प्रहरीमा हराइएको जानकारी गराईसक्नुपर्ने हुन्छ । कार्ड हराएको बारे प्रहरीले दिएको रिर्पोट, एकप्रति फोटो र आवेदन फारम बुझाउनुपर्ने हुन्छ । नयाँ कार्डबापत तपाइले कुनै शुल्क तिर्नुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *