शब्द र खान्जी

खान्जी पाठ १ – 前 र यस खान्जीबाट बन्ने शब्दहरु

खान्जी पाठ १ – 前

前 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।

हजुरहरुलाई जापानी भाषा कत्तिको गार्हो लाग्छ ? प्राय नेपालीहरुलाई सबै भन्दा गार्हो लाग्ने जापानी अक्षर खान्जी नै हो । जापानी अझरमा हिरागाना , काताकाना र खान्जी हुन्छ । यदि तपाई जापानमा बिधार्थी भिषामा जाने सोच बनाउनु भएको छ भने हिरागाना र काताकाना मात्रै नभई सामान्य खान्जी पढेर गएमा हजुरहरुलाई पढाईमा र पार्ट टाइम जब खोज्नमा सहज हुन्छ । जापानमा प्राय सबै ठाउँमा खान्जी प्रयोग गरिन्छ । शौचालय देखि लिएर रेस्टुरेण्टसम्म खान्जी मात्रै देख्न सकिन्छ ।

खान्जी के हो ?

खान्जीलाई प्राय हिरागानासँग मिसाएर लेखिन्छ । खान्जी एउटा चिनियाँ अक्षर हो जसलाई जापानी शब्दको स्वरुप जापानीहरुले प्रयोग गर्छन् । कुनै पनि जापानी शब्द खान्जी र हिरागाना दुईवटा तरिकाले लेख्न सकिन्छ जसको अर्थ पनि एउटै हुन्छ । जस्तै खान्जी – 本、हिरागाना – ほん , यो दुईवटा शब्दको अर्थ पनि र उच्चारण पनि एउटै हो ।

यस्को उच्चहरण – जेन, माए

अर्थ – पहिले

यस खान्जीबाट बन्ने शब्दहरु –

  1. 名前 (नामाए) – नाम
  2. 午前 ( गोजेन ) – बिहान
  3. 前進 (जेनसिन) – अग्रसर हुनु , प्रगती गर्नु
  4. 前日 ( जेनजीचु ) – अघिल्लो दिन
  5. 人前 ( हितोमाए ) – सार्वजनिक, मान्छेको अगाडि
  6. 前後 ( जेंगो ) – अगाडि र पछाडि , अघि र पछि
  7. 事前 ( जिजेन ) – अगाडिको, पहिलेको
  8. 以前 ( इजेन ) – बितिसकेको , पूर्व
  9. 直前 ( च्योकुजेन ) – अलिकति अगाडि
  10. 前例 ( जेनरेई ) – अगुवा, अग्रगामी, नमुना
  11. 前回 ( जेन्खाइ ) – पछिल्लो पटक
  12. 前者 (जेनस्या) – पहिलेको
  13. 手前 ( तेमाए ) – सामुन्ने ,तिर
  14. 面前 ( मेन्जेन ) – उपस्थिती, हाजिरी
  15. 前途 ( जेन्तो ) – भबिष्यको अभिलाषा
  16. 寸前 ( सुनजेन ) – सिमामा
  17. 最前 ( साइजेन ) – सर्वप्रथम, मुख्य
  18. 前夜 ( जेनया ) – हिजोको रात
  19. 前方 ( जेन्पोउ ) – अघि बढाउने
  20. 前金 ( जेनकिन ) – पेस्की
  21. 自前 ( जिमाए ) – आफ्नै खर्च
  22. 前半 ( जेन्हान ) – पहिलो आधा
  23. 前身 ( जेनसिन ) – पुर्खा, पुर्वज
  24. 前兆 ( जेन्च्योउ ) – अशुभ वा नराम्रो लक्षण
  25. 生前 ( सेइजेन ) – बाचिरहेको बेलामा
  26. 前衛 ( जेनएई ) – अग्ररक्षक
  27. 目前 ( मोकुजेन ) – कसैको आँखा अघि , तत्काल

केही सुझाव अथवा नयाँ शब्दहरु भएमा कमेन्ट गर्दिनुहोला । हजुरहरुलाई जापानी भाषा अथवा जापानमा बिधार्थी जिवनको बारेमा बुझ्न परेमा nesajadmin@gmail.com मा मेल गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *