भाषा

रेस्टुरेन्टमा जादा प्रयोग गरिने जापानी वाक्याँशहरु ।

तपाइँ जापान घुम्न आउँदै हुनुहुन्छ ? अथवा भर्खरै जापान आउनु भएको हो र खाना खान जापानी रेष्टुरेण्टमा जान चाहनुहुन्छ भने रेष्टुरेण्टमा प्रयोग हुने केही शब्द/वाक्यहरु तपाइँले जानी राख्नुभयो भने तपाइँलाई धेरै सजिलो हुनेछ । हामी आज केही मुख्य शब्द तथा बाक्यहरु प्रस्तुत गर्दैछौं जसले जापानी रेष्टुरेण्टमा जाँदा तपाइँलाई धेरै सहयोग गर्नेछ ।
पसलमा प्रवेश गर्ने बेलामाः सुमिमासेनः जापानको रेष्टुरेण्टमा साधारणतय प्रवेशद्वारमा वेटर उभिइरहेको हुन्छन् । तपाइँलाई प्रवेशद्वारबाट बस्ने सीटसम्म उनले नै गाइड गर्छन । पसलमा व्यस्तताले गर्दा प्रवेशद्वारमा कोही पनि नभएको अवस्था पनि रहनसक्छ । यदि प्रवेशद्वारमा कोही पनि नभएकाे खण्डमा तपाइँले ‘सुमिमासेन’ भनेर बोलाउन सक्नुहुनेछ । सुमिमासेनको ठाउँमा ‘सुइमासेन’ भन्ने पनि चलन छ । त्यसो त तपाइँले रेष्टुरेण्टमा बसेर खाना खाँदै हुनुहुन्छ र थप केही सेवा चाहिएमा तपाइँले ‘सुमिमासेन’ भनेर वेटरको ध्यानाकर्षण गराउन सक्नुहुनेछ । ‘सुमिमासेन’ भन्ने बेलामा हल्का हात उठाएर बोलाउनु भयो भने भीडभाडमा पनि तपाइँले बोलाउनु भएको भन्ने कुरा प्रष्टसँग वेटरले देख्न सक्दछ ।
रेस्टुरेन्टमा जादा प्रयोग गरिने जापानी वाक्याँशहरु
1.お腹が空いています 。(ओनाखागा सुइते इमास) – मलाई भोक लागेको छ ।
2.まだ食べていません 。(मादा ताबेत्ते इमासेन्) – अझै खाएको छैन ।
3.メニュー、お願いします 。(मेन्यु ओनेगाइसिमास) – मेन्यु ल्याइदिनुहोस्।
4.メニュー、お願いできますか?(मेन्यु, ओनेगाइद्किमास्का ?) – के तपाई मलाई मेन्यु ल्याइदिन सक्नुहुन्छ ?
5.それは何ですか? (सोरे वा नान देस्का? ) – त्यो के हो ?
6.これを食べてみたいです 。(कोरे वो ताबेत्ते मिताइ देस् ) – मलाई यो खाएर हेर्न मन लागेको छ ।  7.ナンをください 。(नान वो कुदासाइ) – मलाई नान ल्याइदिनुहोस् ।
8.コーヒーがありますか?(कोही गा आरीमास्का ?) कफी छ ?
9.チョコレート付きですか?(च्योकोरेत्तो चुकी देस्का? ) – के यो सँगा चकलेट आउँछ ?
10.魚が食べられません 。(साकाना गा ताबेरारेमासेन )- म माछा खादिँन ।
11.油のアレルギーがあります 。(आबुरा नो आरेरुगी गा आरिमास ) – मलाई तेलको एलर्जी छ ।
12.おいしいです。(ओइसिइ देस् ) – मिठो छ ।
13.まずいです。(माजुइ देस् ) – नमिठो छ ।
14.お腹が一杯です。(ओनाखा गा इपिपाई देस् )– मेरो पेट टन्न भयो ।
15.お会計、お願いします。(ओखाइकेइ, ओनेगाइसिमास ) – मेरो खानाको बिल बनाइदिनुहोस ।
16.いただきます 。(इतादाकीमास्) – (जापानी संस्कृति अनुसार खाना खानु भन्दा अगाडि भनिने शब्द ।) – ल म खान्छु ।
17.ごちそうさまでした。(गोचीसोउसामाद्सिता) – (जापानी संस्कृति अनुसार खाना खाइसकेपछि भनिने शब्द )- खानाको लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *