जानकारी

बिधार्थी साथीहरुले यसरी तयार पार्नुस् प्रभावकारी ‘रिरेकिस्यो’

आगामी मार्च महिनामा कलेज तथा भोकेशनल स्कुल (卒業) सिध्याउन लागेका विद्यार्थीहरुलाई यतिबेला जागीर खोज्ने माचो छ । कतिपय विद्यार्थीहरुले त धेरै अगाडिदेखि नै पढाई सकेपछिको जागीर फिक्स गरिसकेका छन् । कतिपय भने अझै विभिन्न कम्पनीहरुको सेचुमेइखाइ (説明会) तथा अन्य जागीर खोज्ने गतिविधीमा सामेल हुँदैछन् । वास्तवमा जागीर पाएपछि जागीर गर्न जति गाह्रो छ त्यो भन्दा बढी गाह्रो जागीर खोज्न पनि छ । आफ्नो पढाईसँग मिल्दो, आफूलाई मन पर्ने अनि तलव लगायतका अन्य सुविधाहरु पनि राम्रो भएको कम्पनी खोज्न गाह्रो त हुने नै भयो । त्यसमाथि जापानको स्यूस्योकु खाचुदो (就職活動) नबुझेका अथवा वानी नपरेका विदेशी विद्यार्थीहरुका लागि काम खोज्नु अझ अप्ठेरो पक्ष छँदैछ ।

हालैका दिनमा जापानमा नेपाली विद्यार्थीहरुको संख्या पनि दिनप्रतिदिन बढदो छ । पढाई सकेर पनि कामको टुंगो नलागेका विद्यार्थीहरु थुप्रै छन् । व्यस्त जीवन रहेको जापानमा पढाई, पार्ट टाइम काम अनि जागीर खोज्ने चटारोले रातको निद न दिनको भोक भएर हिडेका विद्यार्थीहरु पनि निकै भेटिन्छन् । काम खोज्नको लागि रेजुमे लेख्ने कला पहिलो पाइला हो । राम्रो र चिटिक्क परेको रेजुमे लेखेर पेश गर्न पाए राम्रो हुन्थ्यो भनेर चिन्तित विद्यार्थीहरु पनि निकै छन् । आफूले काम गर्न चाहेको कम्पनीको कामसँग मेल खाने गरेर आफ्नो विगतलाई पनि समेटेर रेजुमे (履歴書-रिरेकिस्यो) लेख्नु त्यति सजिलो भने छैन । तर कतिपय अवस्थामा रेजुमी के कसरी लेख्ने भन्ने सामन्य भन्दा सामन्य ज्ञान नभएका विद्यार्थीहरु पनि छन् जो रेजुमे पनि अरुको सारेर पेश गरेका हुन्छन् । रेजुमे नै अरुको सारेर बुझाउनु पर्नेले कसरी काम गर्ला ? कल्पना गरौं । अर्कोतिर काम गर्न सक्ने क्षमता भएका विद्यार्थीहरु एकातिर र अर्कोतिर कामदार अभाव भएको कम्पनीको विचमा सम्पर्कको पहिलो माध्यम भनेको नै रेजुमे लेखन हो । आउनुहोस् आज हामी रेजुमे लेख्न आवश्यक साधारण र अति आवश्यक विषयको बारेमा व्याख्या गर्न गईरहेको छौं ।

पुरा पढ्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *