生 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।
हजुरहरुलाई जापानी भाषा कत्तिको गार्हो लाग्छ ? प्राय नेपालीहरुलाई सबै भन्दा गार्हो लाग्ने जापानी अक्षर खान्जी नै हो । जापानी अझरमा हिरागाना , काताकाना र खान्जी हुन्छ । यदि तपाई जापानमा बिधार्थी भिषामा जाने सोच बनाउनु भएको छ भने हिरागाना र काताकाना मात्रै नभई सामान्य खान्जी पढेर गएमा हजुरहरुलाई पढाईमा र पार्ट टाइम जब खोज्नमा सहज हुन्छ । जापानमा प्राय सबै ठाउँमा खान्जी प्रयोग गरिन्छ । शौचालय देखि लिएर रेस्टुरेण्टसम्म खान्जी मात्रै देख्न सकिन्छ ।
खान्जी के हो ?
खान्जीलाई प्राय हिरागानासँग मिसाएर लेखिन्छ । खान्जी एउटा चिनियाँ अक्षर हो जसलाई जापानी शब्दको स्वरुप जापानीहरुले प्रयोग गर्छन् । कुनै पनि जापानी शब्द खान्जी र हिरागाना दुईवटा तरिकाले लेख्न सकिन्छ जसको अर्थ पनि एउटै हुन्छ । जस्तै खान्जी – 本、हिरागाना – ほん , यो दुईवटा शब्दको अर्थ पनि र उच्चारण पनि एउटै हो ।
उच्चारण – सेइ
अर्थ – जीवन, जन्म
यस खान्जीबाट बन्ने शब्दहरु –
-
- 学生 ( गाकुसेइ ) – विद्यार्थी
- 一生 ( इस्योउ ) – सारा जीवन
- 生活 (( सेइखाचु ) – जीवन
- 平生 ( हेईजेइ ) – साधारण, सामान्य
- 発生 ( हास्सेई ) – घटना,उत्पत्ति
- 生死 ( सेइसी ) – जीवन र मृत
- 人生 ( जिन्सेइ ) – जीवन
- 生徒 ( सेइतो ) – शिष्य , विद्यार्थी
- 生長 ( सेइच्योउ ) – बढ्नु
- 生存 ( सेइजोन ) – अस्तित्व
- 生物 (सेइबुचु) – जीवित चीजहरू
- 畜生 ( चिकुस्योउ )- चौपाया, पशु जस्तै मानिस
- 先生 ( सेन्सेइ ) – शिक्षक
- 生命 (सेइमेइ) – जीवन, ज्यान ,प्राण
- 出生 ( स्युस्स्योउ ) – जन्म
- 再生 ( साइसेइ ) – नविकरण
- 生息 (( सेइसोकु ) – जिवित, बाचेको
- 生理 ( सेइरि ) – फिजियोलोजी , रजस्वला
- 誕生 ( तानज्योउ ) – जन्म,सिर्जना
- 生産 ( सेइसान ) – उत्पादन
- 新生 ( सिनसेइ ) – पुनर्जन्म
- 生体 ( सेइताइ ) – जैविक प्राणी वा वनस्पती आदी
- 生成 ( सेइसेइ ) – उत्पत्ती,सिर्जना
- 野生 ( यासेइ ) – जंगली
- 往生 ( ओउज्योउ ) – मृत्यु
- 生育 ( सेइइकु ) – वृद्धि , बिकास
- 生地 ( सेइचि ) – जन्मस्थान, जन्मेको ठाउँ
- 女生 ( ज्योसेई ) – केटी
- 生憎 ( आइनिकु ) – माफ गर्नुहोला तर
- 非衛生 ( हिएईसेइ ) – अशुद्ध, फोहोरी
जापानी व्याकरण,उच्चारण , वाक्यांश , खान्जी र शबदको बारेमा अथवा केही सुझाव दिन चाहानुहुन्छ भने हाम्रो फेसबुक पेज Japanese Nepali Dictionary मा इन्बक्स गर्नुहोला। हजुरहरुलाई जापानी भाषा अथवा जापानमा बिधार्थी जिवनको बारेमा बुझ्न परेमा njisyo@gmail.com मा मेल गर्नुहोला ।