書 खान्जी लेख्ने तरिका हेर्न तलको भिडियो हेर्नु होला ।
हजुरहरुलाई जापानी भाषा कत्तिको गार्हो लाग्छ ? प्राय नेपालीहरुलाई सबै भन्दा गार्हो लाग्ने जापानी अक्षर खान्जी नै हो । जापानी अझरमा हिरागाना , काताकाना र खान्जी हुन्छ । यदि तपाई जापानमा बिधार्थी भिषामा जाने सोच बनाउनु भएको छ भने हिरागाना र काताकाना मात्रै नभई सामान्य खान्जी पढेर गएमा हजुरहरुलाई पढाईमा र पार्ट टाइम जब खोज्नमा सहज हुन्छ । जापानमा प्राय सबै ठाउँमा खान्जी प्रयोग गरिन्छ । शौचालय देखि लिएर रेस्टुरेण्टसम्म खान्जी मात्रै देख्न सकिन्छ ।
खान्जी के हो ?
खान्जीलाई प्राय हिरागानासँग मिसाएर लेखिन्छ । खान्जी एउटा चिनियाँ अक्षर हो जसलाई जापानी शब्दको स्वरुप जापानीहरुले प्रयोग गर्छन् । कुनै पनि जापानी शब्द खान्जी र हिरागाना दुईवटा तरिकाले लेख्न सकिन्छ जसको अर्थ पनि एउटै हुन्छ । जस्तै खान्जी – 本、हिरागाना – ほん , यो दुईवटा शब्दको अर्थ पनि र उच्चारण पनि एउटै हो ।
उच्चारण – स्यो
अर्थ – लेख्नु
यस खान्जीबाट बन्ने शब्दहरु –
- 書く ( खाकु ) – लेख्नु
- 書類 ( स्योरुई ) – कागजपत्र, प्रमाणिक लेखोट
- 書店 ( स्योतेन ) – किताब पसल
- 秘書 ( हिस्योउ ) – सचिव
- 書物 ( स्योमोचु ) – पुस्तकहरु
- 辞書 ( जिस्यो ) – शब्दकोश
- 文書 ( बुन्स्यो ) – कागजपत्र, लेख
- 読書 ( दोकुशी ) – पुस्तकहरू पढनु
- 筋書 ( सुजिगाकी ) – संक्षेप, छोट्करी
- 遺書 ( इस्यो ) – इच्छा गर्नु, स्विकारपत्र
- 書斎 (स्योसाइ) – अनुसन्धान(पढाई)
- 封書 ( फुउस्यो ) – सिल्बन्दी गरेको पत्र
- 聖書 ( सेइस्यो ) – क्रिश्चियन धर्मग्रन्थ
- 書名 ( स्योमेइ ) – किताबको शीर्षक
- 著書 ( च्योस्यो ) – साहित्यीक काम
- 書架 ( स्योका ) – किताब राख्ने र्याक
- 書評 ( स्योहयोउ ) – पुस्तक समिक्षा
- 調書 ( च्योउस्यो ) – मुलपत्र, सन्धीपत्र
- 所書き ( तोकोरोगाकी ) – ठेगाना
- 肩書き ( खातागाकी ) – शिर्षक,उपाधी, पद
- 図書館 ( तोस्योकान ) – पुस्तकालय
- 教科書 ( क्योउकास्यो ) – पाठ्यपुस्तक
- 証明書 ( स्योउमेईस्यो ) – प्रमाण पत्र, घोषणा पत्र
- 供述書 ( क्योउज्युचुस्यो ) – प्रमाण, साक्षी
- 親展書 ( सिन्तेनस्यो ) – गोप्य पत्र
- 愛書家 ( आइस्योका ) – पुस्तकप्रेमी
- 報告書 ( होउकोकुस्यो ) – लेखित रिपोर्ट
- 死亡診断書 ( सिबोउसिन्दानस्यो ) – मृत्युको प्रमाण पत्र
जापानी व्याकरण,उच्चारण , वाक्यांश , खान्जी र शबदको बारेमा अथवा केही सुझाव दिन चाहानुहुन्छ भने हाम्रो फेसबुक पेज Nepali Jisyoमा इन्बक्स गर्नुहोला। हजुरहरुलाई जापानी भाषा अथवा जापानमा बिधार्थी जिवनको बारेमा बुझ्न परेमा njisyo@gmail.com मा मेल गर्नुहोला ।